देश

जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक खापुङलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले आयोगलाई सहयोग नगरको भन्दै स्पष्टीकरण सोधेको हो ।

आयोगले प्रहरी प्रधानकार्यालयसँग भदौ २३ र २४ गते फिल्डमा को को खटिएका प्रहरीको विवरण मागेकोमा विवरण समयमा उपलब्ध नगराएको र आयोगले ताकेता गरेपछि पठाएको जवाफमा आइजिपीदेखि जवानसम्म खटिएको भन्ने जवाफ पठाइएको थियो ।

आयोगले यस विषयमा २४ घण्टाभित्र जवाफ दिन पत्र पठाएको स्रोतले खरीबोटलाई जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *