देश

राष्ट्र बैंकको प्रवक्ता बने गुरुप्रसाद पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् ।

कात्तिक १८ देखि लागू हुने गरी बैंकको प्रवक्ता पौडेललाई तोकिएको राष्ट्रबैंकले जानकारी दिएको हो ।

वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *