देश

नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरूको बुधवार काठमाडौँमा सो सम्मेलन सुरु भएको हो ।

सम्मेलनमा पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक सुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिए ।

सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेण्डा तय गरिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *