देश

प्रचण्डसँग वार्ता गर्दै झलनाथ खनाल,चार वैचारिक शर्त अघि सारे

काठमाडौँ ।वामपन्थी दलहरूबीच एकताको बहस चलिरहेका बेला नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र पारेका छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटेको भोलिपल्टै आज उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गर्ने तयारी गरेका छन्।

खनालले वाम एकताको लागि चारवटा वैचारिक शर्त अघि सारेका छन्। ती शर्तमा मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्नुपर्ने, समाजवादी क्रान्तिको कार्यदिशामा स्पष्ट हुनुपर्ने, समाजवादी कार्यक्रममा एकमत कायम गर्नुपर्ने र संगठनात्मक सिद्धान्तमा समान धारणा बन्नुपर्ने विषय समावेश छन्। “यी शर्तहरू स्वीकार गर्ने जोसुकैसँग पनि पार्टी एकता सम्भव छ,” खनालले बताएका छन्।

खनाल वाम एकताको पहलमा सक्रिय रहँदा उनको पार्टी नेकपा (एकीकृत समाजवादी) भने विभाजनको संघारमा पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *