काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले मंगलबार राजधानीको धुम्बाराहीबाट पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका एसएसपी रमेश थापाका अनुसार, शेर्पालाई बहुविवाह सम्बन्धी मुद्दामा अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो।
अदालतले यसअघि नै शेर्पालाई १ वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला कार्यान्वयन नभएपछि प्रहरी पक्राउ कारबाहीमा उत्रिएको हो।
प्रहरी स्रोतका अनुसार शेर्पालाई कानूनी प्रक्रिया अनुसार कैद भुक्तानका लागि अदालतमा पेश गर्ने तयारी भइरहेको छ। हुविवाहसम्बन्धी प्रकरणमा पार्टीका वरिष्ठ नेतामाथि परेको कानूनी कारबाहीले एमालेभित्र पनि चासो र टिप्पणी सुरु भएको बताइएको छ।




