विश्व

पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट

काठमाडौँ । पाकिस्तानको सर्वोच्च अदालतमा विस्फोट भएको छ । विस्फोटमा कम्तिमा १२ जना घाइते भएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।

इस्लामाबादका प्रहरीले ग्यास सिलिण्डर विस्फोट भएको बताएको छ ।

सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटमा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *