काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ।
प्रज्ञा भवन, कमलादीमा बसेको अन्तिम बैठकमा समितिका तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी प्रस्ताव पेश गरेका थिए।
श्रेष्ठको प्रस्तावलाई महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर सर्वसम्मत रूपमा पारित गरेका हुन्।
त्यस क्रममा श्रेष्ठले पार्टीलाई अझ सशक्त र एकताबद्ध बनाउँदै जेन–जेड (Gen Z) पुस्ताको भावना समेट्दै अघि बढ्ने बताएका थिए।
बुधबार नेकपा (एकीकृत समाजवादी) सहितका दलसँग माओवादी केन्द्रले पार्टी एकता घोषणा गर्ने तयारी गरेको छ।




