विश्व

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गर्नु भएको छ ।

राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य वातावरणलाई दृढतापूर्वक आत्मसाथ गरेको बताउनु भएको छ । उहाँले अब्बल द्विपक्षीय सम्बन्ध सुदृढ पादै अगाडि बढाउनु दुवै पक्षको लागि रणनीतिक योजना भएको बताउनु भएको छ ।

यस वर्ष रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा द्विपक्षीय सम्बन्धका लागि नयाँ खाका तयार भएको उल्लेख गर्दै सीले दुई देशले घनिष्ठ समन्वय कायम गरी समझदारीलाई कार्यान्वयन गर्न र दुई देश र जनताको हितलाई ध्यानमा राख्दै सहयोग विस्तार गर्ने काम गर्नुपर्ने बताउनु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *