काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विशेष पत्रकार सम्मेलन गर्दै छन् ।
माओवादी केन्द्रको एकीकृत समाजवादीसहितका दलबीचको एकताको विपक्षमा रहेका शर्माले आफ्नो धारणा सार्बजनिक गर्न आज दिउँसो साढे दुई बजे ललितपुर बखुण्डोलस्थित सत्कार क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।
माओवादी केन्द्रले आज महाधिवेशन आयोजक समितिको बैठक बोलाएर एकता अनुमोदनको प्रस्ताव पारित गर्दैछ भने बुधबार एकताको घोषणा हुने तयारी रहेको छ ।
शर्माले नेता राम कार्की, सुदन किराँतीको साथमा माओवादी केन्द्रलाई नै पुनर्गठनको तयारी गरेका छन् । साथै नेत्र विक्रम चन्द विप्लव, घनश्याम भुसालसँग कार्यगत एकता गर्ने बताइएको छ ।



