काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री सुशिला कार्कीले यसअघि फिर्ता बोलाइएका राजदुतलाई मन्त्रालयमै हाजिर हुने गरि फिर्ता बोलाएकी छन् ।
यसअघि असोज ३० गतेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदुत फिर्ता बोलाउने निर्णय सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएपछि प्रधानमन्त्री कार्कीले राजदुतलाई रोक्न अर्को बाटो रोजेकी हुन् ।
मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले यसअघि फिर्ता बोलाएका राजदूतलाई कात्तिक २० गतेभित्र मन्त्रालयमा हाजिर हुन फेरि पत्र पठाएको छ ।
फिर्ता बोलाइएका राजदुतमा चीनका लागि कृष्णप्रसाद ओली, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि धनप्रसाद पण्डित, मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेश विक्रम ढकाल, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, अमेरिका लोकदर्शन रेग्मी र जापानका लागि दुर्गाबहादुर सुवेदी रहेका छन् ।



