देश

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडालाई पितृ शोक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद रामहरि खतिवडालाई पितृ शोक परेको छ ।

आइतबार राति ७ बजेर ४० मिनेटमा कांग्रेस नेता खतिवडाका बुवा जीवनाथ खतिवडाको निधन भएको हो । अबुर्द रोगले पीडित जीवनाथ खतिवडाको लामो समयदेखि उपचार हुँदै आएको परिवारजनले जनाएका छन् ।

परिवारजनका अनुसार ७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा निधन भएको हो ।  भोलि सोमबार विहान ८:३० बजे पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिने तयारी रहेको छ ।

स्वर्गीय खतिवडाका पत्नी, छोराहरू रामहरि खतिवडा, सुन्दर खतिवडा, भीम खतिवडा, हुतराज खतिवडा र प्रकाश खतिवडा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *