राजनीति

माओवादीको सचिवालय बैठक जारी, नेकपा एससँगको एकताबारे छलफल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ । बैठकमा नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताबारे छलफल केन्द्रित छ ।

शुक्रवार मात्रै एकीकृत समाजवादीले माओवादी केन्द्रसहित समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । सोही निर्णयको लगत्तै माओवादीको सचिवालय बैठक बसेको हो ।

माओवादीले यसअघि नै केन्द्रीय समिति बैठकबाट कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि सैद्धान्तिक सहमति जनाइसकेको छ । एकीकृत समाजवादीले एकता निर्णय गरिसकेको सन्दर्भमा माओवादीले सचिवालयमार्फत प्रक्रिया अघि बढाउने आवश्यक निर्णय लिन लागेको हो ।

सचिवालय बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू सहभागी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *