काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरू सशक्त र एकीकृत रूपमा अघि बढ्नका लागि अलग भएको स्पष्ट प्रतिक्रिया दिएका छन्।
माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयपछि आफूनिकट नेताहरूको सुकेधारामा भएको भेलामा सहभागी हुँदै खनालले भने, “हामी सिंगै हुनका लागि अलग भएका हौं। अब पार्टी गठनको प्रक्रियामा अघि बढ्नेछौं।”
उनले कम्युनिस्ट आन्दोलनलाई अझ व्यापक एकतामा पुर्याउनका लागि छलफल र तयारी अघि बढाउने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘घर फर्क’ भन्ने आह्वानबारे प्रश्न सोधिँदा खनालले जवाफ दिए, “घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्यो। बस्ने ठाउँ राम्रो बनाए फर्किन के आपत्ति छ र?”



