काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
सिरिजका दुई खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहनेछ । दुबईस्थित आईसीसी एकेडेमीमा खेल सुरु भएकाे छ । जारी शृङ्खलामा नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो । नेपाललाई अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ । लिग-२ को तालिकामा हाल अमेरिका २२ खेलमा ३२ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १८ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।



