देश

संवैधानिक आयोगले गरेका सिफारिस कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध: मन्त्री घिसिङ

काठमाडौँ । शहरी विकासमन्त्री कुलमान घिसिङले संवैधानिक आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै कुन विषयमा कार्यान्वयन नभएको हो त्यसबारे थप छलफल गरिने बताए ।

उनले आयोगकाअनुसार ९० प्रतिशत सुझावहरू सरकारले कार्यान्वयन नगरेको गुनासो आएको बताए ।

उनले भने ‘अहिलेको वर्तमान सरकार आयोगलहरुले दिने सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध छ । कार्यान्वयन हुनुपर्छ । कुन कुन विषयमा कार्यान्वयन भएको छैन, त्यसमा हामी छलफल गर्नेछौँ । यसलाई सरकारले गर्नुपर्ने कार्यहरूमा हामीले सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने र सरकारको कार्यक्षेत्रभित्र रहेर गर्नेछौँ ।’

मन्त्री घिसिङले आफूले प्रधानमन्त्रीसम्म पनि यसबारे कुरा राख्ने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *