खेलकुद

एन्फाका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्का निलम्बित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरेको छ ।

शुक्रबार बसेको संघको कार्यसमितीको आपतकालीन भिडियो कन्फेरेन्स बैठकले वरिष्ठ उपाध्यक्ष खड्काले विधानविरुद्धको गतिविधी गर्दै संघको विरुद्धमा गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम निज संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको जनाएको छ ।

एन्फाले भनेको छ:

अखिल नेपाल फुटबल संघ एन्फाको आज मिति २०८२ कार्तिक १४ गते विधानको धारा ३९ को २ र ६ बमोजिम संघको कार्यसमितीको आपतकालीन भिडियो कन्फेरेन्स बैठक बस्यो । संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले संघको विधान विरुद्ध निजलाई कुनै वैधानिक अधिकार नभएको तर संघको लेटरहेड, छाप, चलानी नम्वर दुरुपयोग गरी संघको महासचिव निलम्वनको दुसप्रचार गर्ने कार्य, विभिन्न समयमा पत्रकार सम्मेलन गरी संघ र संघको पधाधिकारीहरुलाई निराधार गाली गलोज, आधारहिन आरोप, दुष्प्रचार गर्ने कार्य, सि डिभिजन क्लबहरुलाई बिना प्रमाण खेल मिलेमतोको आरोप लगाउने कार्य लगायत विधान विरुद्ध फिफा, एएफसी लगतयतका अन्य निकायहरुमा इमेल तथा पत्रचार गरी पटक पटक संघको विधान विरुद्धको गतिविधी गर्दै संघको विरुद्धमा गम्भिर अनुशासन उल्लघंन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरीमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकोले विधानको धारा ३८ को १४ बमोजिम निज संघका वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारण सभा सम्मको लागि निलम्बन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *