देश

अलपत्र परेका पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी बल परिचालन

काठमार्डाैँ। मनाङको तिलिचो बेश क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका १५ पर्यकको उद्धारका लागि सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । दुई चिनियाँ र १३ नेपाली गरी १५ पर्यटक हिमपातका कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका उनले बताए ।

पर्यटक अलपत्र परेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उद्धारका लागि खटिएको छ । सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकाले उद्धारमा केही समय लाग्ने छ । अलपत्र परेका पर्यटकको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *