विश्व

आणविक परीक्षण अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक : अन्तर्राष्ट्रिय आणविक परीक्षण प्रतिबन्ध अधिकारी

कुनै पनि देशले गरेको कुनै पनि विस्फोटक आणविक हतियारको परीक्षणको विश्वव्यापी प्रयास अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि हानिकारक र अस्थिर हुने आणविक–परीक्षण–प्रतिबन्ध सन्धि सङ्गठनका कार्यकारी सचिव रोबर्ट फ्लोइडले बताउनु भएको छ ।

“आणविक हतियार परीक्षणको बारेमा चलिरहेका बहस तिर ध्यान आकर्षित गर्दै विज्ञप्ति जारी गरी उहाँले यस्तो बताउनु भएको हो ।

फ्लोइडले वर्तमान अवस्थामा विश्वका नेताहरूलाई आणविक–परीक्षण–प्रतिबन्ध सन्धि (सीटीबीटी) र आणविक हतियार परीक्षणबाट मुक्त संसारको पक्षमा काम गर्ने अवसर अझै बाँकी रहेकोसमेत उहाँले बताउनु भएको छ ।

संस्थाको अनुगमन प्रणाली परीक्षण पत्ता लगाउन र सीटीबीटी हस्ताक्षरकर्ता राज्यहरूलाई तथ्याङ्क प्रदान गर्न तयार रहेको उहाँले बताउनु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *