काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
यस सिरिजअन्तर्गत नेपाल र यूएई दुवै टोली दोस्रो खेल खेल्दैछन्। पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका थिए। नेपाल १०६ रनले र यूएई ४ विकेटले अमेरिकासँग हारेका थिए।




