काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्।
हस्ताक्षरित पहिलो सम्झौताले अमेरिका र जापानबीचको दीर्घकालीन साझेदारी अझ सुदृढ बनाउने लक्ष्य राखेको छ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिज, विशेष गरी दुर्लभ खनिज (रेयर अर्थ) को आपूर्ति सुनिश्चित गर्ने विषयमा केन्द्रित छ।
बीबीसीका अनुसार, पहिलो सम्झौताले दुवै देशबीचको रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउनेछ भने दोस्रो सम्झौताले भविष्यमा खनिज आपूर्ति श्रृंखलामा स्थिरता ल्याउनेछ।
हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले जापानलाई अमेरिका को बलियो सहयोगीको रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्री तकाइचीको प्रशंसा गरेका छन्।




