देश

उत्तरी गोरखामा हिमपात, मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित

गोरखा। उत्तरी गोरखाका विभिन्न गाउँमा गएरातिदेखि हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। चुमनुब्री गाउँपालिकाको ७ नम्बर वडासहितका उच्च हिमाली बस्तीहरूमा निरन्तर हिउँ परिरहेको स्थानीय पासाङफुञ्जो लामाले जानकारी दिए।

“गए राति हल्का पानी पर्‍यो, त्यसपछि हिउँ पर्न थाल्यो,” उहाँले भन्नुभयो, “अहिले पनि हिउँ परिरहेको छ। गाउँभरि मानिसहरू घरभित्रै आगो तापेर बसेका छन्, चौँरीहरू पनि गोठभित्र राखिएका छन्।”

तीन हजार मिटरभन्दा माथिका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ र छेकमलगायत गाउँ हिउँले ढाकिएका छन्। त्यस्तै वडा नं १ का सामागाउँ, साम्दो र वडा नं २ का स्याला, ल्हो गाउँ पनि हिउँले सेताम्य बनेका छन्।

हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू पनि प्रभावित भएका छन्। पाँच हजार १०६ मिटर उचाइमा रहेको लार्केपास जाने क्रममा रहेका पर्यटकहरू हिमपातका कारण सामागाउँ र साम्दोमै रोकिएको स्थानीयहरूले बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *