विश्व

हङकङमा रनवेबाट चिप्लिएर विमान समुद्रमा खस्यो

काठमाडौं । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार स्थानीय समयअनुसार बिहान ३ः४० बजे गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो ।

सँगै गाडी पनि समुद्रमा खसेको छ । उक्त विमान दुर्घटनामा दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको छ । जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन् । उनीहरूलाई अस्पताल लगिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *