देश

कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले धारणा राख्ने क्रम आज पनि जारी

काठमाडौँ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने क्रम जारी छ। असोज २८ गतेदेखि जारी बैठक शुक्रबार पनि बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बिहीबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काखड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका थिए। यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै केन्द्रीय सदस्य डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, शिवप्रसाद हुमागाईं, राजीव कोइराला र गुरू बराल लगायतले धारणा राखेका थिए ।

पहिलो बैठकमा सभापति शेरबहादुर देउवाले विशेष मन्तव्य राख्दै स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।

केन्द्रीय कार्य समिति बैठकले १५ औँ महाधिवशनबारे निर्णय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *