देश

आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले छलफलका लागि बिहान ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाइएको आयोगले जनाएको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *