देश

धनकुटामा बस दुर्घटनाः दुई जनाको मृत्यु

काठमाडौँ । धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६०६ नम्बरको साइ राम बस बुधवार धनकुटा नगरपालिका–३ स्थित निगालेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि धनकुटाको महालक्ष्मी नगरपालिका ६ कि ५५ वर्षीय गङ्गा कार्की र महालक्ष्मी नगरपालिका ९ का ६० वर्षीय डिल्लीराम बरालको मृत्यु भएको हो ।

कार्कीको घटनास्थलमै र बरालको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।

दुर्घटनामा अन्य ७ जना यात्रुहरू घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *