देश

राष्ट्रिय सभा अध्यक्ष दाहालले भेट राष्ट्रपति

काठमाडौँ ।राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर अध्यक्ष दाहालले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा अन्तर व्यवस्थापिका संघ (आइपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको हो ।

विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपीयूको १५१ औं महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९-२३ मा सम्पन्न हुँदैछ ।

उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा एक प्रतिनिधि मण्डल जाँदैछ ।

आइपीयूको महासभामा नेपालको संघीय संसदको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा राष्ट्रिय सभा अध्यक्षले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेर छलफल गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *