काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक बिहान ११ बजे ललितपुरको जावलाखेलमा आयोजना गरिनेछ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन, राजनीतिक प्रस्ताव र अन्य विविध विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
त्यसैगरी बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनसम्बन्धी विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए। एमालेको असोज १२ गते बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय गरेको थियो।




