देश

एक दर्जन उद्योग र फर्महरु कारबाहीमा५ हजारदेखि १ लाखसम्म जरिवना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले एक दर्जन उद्योग तथा फर्महरुलाई कारवाही गरेको छ ।
विभागले अनुगनका क्रममा १२ वटा उद्योग, फर्महरुलाई कारवाही गरेको हो । उपभोत्ता संरक्षण ऐन, २०७५ तथा उपभोत्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन तथा कारवाही गरिएको विभागले जनाएको छ ।

अनुमगन तथा निरिक्षणका क्रममा के.के. मेटल स्टोर काठमाडौं महानगरपालिका–१३ लाई १ लाख जरिवना गराएको छ ।
यस्तै, श्रद्धा भाँडा पसललाई ५० हजार, प्रकाश वानिया भाँडा पसललाई ५० हजार, बानिया बन्धु भाँडा पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

यता, अग्नि हस्तकला उद्योग, जल्पा सुपर मार्केट र डब्लु एस ड्राइ फुड्सलाई जनही २०–२० हजार रुपैयाँ जरिवना गरिएको छ । विभागका अनुसार लगन ताम्राका शपिङ सेन्टर ललितपुर, वानिया किचन क्राफ्ट र माँ भवना खाद्य किराना स्टोरलाई पनि जनही १०–१० हजार रुपैयाँ कारबाही गरिएको छ ।

यस्तै, विकास जनरल इम्पेक्स र जय भोले नाथ स्टोरलाई पनि ५–५ हजार रुपैयाँ जरिवना गरिएको विभागले जनाएको छ ।
त्यसैगरी विभागले चाडपर्वको अवसरमा बजारमा बिक्री हुने सामानहरूमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपि) अनिवार्य रूपमा राख्न व्यापारीहरूलाई पुनः ध्यानाकर्षण गराएको छ ।

विभागले तिहार लक्षित अनुगमनका क्रममा भाई मसला, तामा–चाँदीका भाँडा, झिलिमिली बत्ती लगायतका सामानमा मूल्यसहितको लेबल नदेखिएको भन्दै आपत्ति जनाएको हो ।

बजारमा मूल्य स्थिरता र उपभोक्ता हित सुनिश्चित गर्न विभागले व्यवसायी, संघ–संस्था र उपभोक्ता समूहहरूको सहकार्य जरुरी रहेको बताएको छ ।

साथै, उपभोक्तालाई एमआरपि उल्लेख भएका सामान मात्र खरिद गर्न आग्रह गर्दै कुनै पनि गुनासो वा अनियमितता देखिएमा टोल फ्रि नम्बर ११३७ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *