विश्व

हमासबाट मुक्त भए ७ इजरायली बन्धक

दुई वर्षदेखि गाजापट्टीमा बन्धक रहेकालाई प्यालेस्टिनी लडाकु समूह हमासले सात जना इजरायली बन्दीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिमा बुझाएको छ ।

योसँगै बहुप्रतिक्षित युद्धविराम सम्झौताको पहिलो चरण सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोमबार इजरायलभर हजारौं नागरिकहरुले सार्वजनिक रूपमा प्रसारण गरिएको बन्दी हस्तान्तरणको दृश्य हेर्न भेला भएका थिए ।

टेलिभिजन च्यानलहरूमा बन्दीहरू रेडक्रसलाइ हस्तान्तरण गरिएको दृश्य देखिनासाथ नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।

प्यालेस्टिनी विद्रोही संगठन हमासले बन्धक बनाएका इजरायली नागरिकहरुलाई ७ सय ३८ दिनपछि सोमबार बिहान नेपालको समय अनुसार हस्तान्तरण सुरु गरेको हो ।

हमासले रिहा गर्न लागेको २० जनाको सूचीमा नेपालका विपिनको जोशीको नाम नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली दुतावासले पाएको छ ।

सोमबार इजरायलभर हजारौं नागरिकहरुले सार्वजनिक रूपमा प्रसारण गरिएको बन्दी हस्तान्तरणको दृश्य हेर्न भेला भएका थिए ।

टेलिभिजन च्यानलहरूमा बन्दीहरू रेडक्रसलाइ हस्तान्तरण गरिएको दृश्य देखिनासाथ नागरिकहरुले खुशी व्यक्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *