देश

राष्ट्रपति पौडेलको जेनजी समुहसँगको छलफल सर्यो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूबीचको छलफल कार्यक्रम सरेको छ ।

आज बिहान १० बजेका लागि तय भएको छलफल राष्ट्रपति कार्यालय अगाडि जेनजी समूहले नारबाजी पछि सोमबारका लागि सारिएको हो ।

जेनजीका केही समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै शीतल निवास अगाडि नाराबाजी गरेका थिए । नाराबाजीपछि छलफल कार्यक्रम सोमबार दिउँसोसम्मका लागि सारिएको बताइएको छ ।

जेनजीका मागहरूको विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान १० बजे जेनजीका करिब २० प्रतिनिधिहरूलाई शीतल निवास बोलाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *