देश

शीतल निवासमा राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीसहित जेनजी टोलीको वार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । अहिले वार्ता जारी छ ।

आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो । बैठकमा २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए ।

वार्तामा जेनजीका मागबारेमा छलफल हुनेछ ।

यसअघि राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरुसहित सर्वदलीय बैठका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *