देश

बाढीपहिरो प्रभावित क्षेत्र इलाममा अनुगमनमा जाँदै मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्र इलामको अनुगमनका लागि जाँदैछन् ।

मन्त्री घिसिङ अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिमानको पर्खाइमा छन् ।उनी आजै इलामका विभिन्न ठाउँमा पुगेर बाढी पहिरो प्रभावितहरुको अवस्था बुझ्ने र आवश्यक निर्देशन दिने छन् ।

मन्त्री घिसिङसँगै भाैतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा पनि गएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *