काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् । भोलि बिहान ९ बजे जेनजी प्रतिनिधिहरूसँग छलफल राखिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
सरकार प्रवक्ता जगदिश खरेलले जेनजीका प्रतिनिधिहरूसँगको छलफलमा सरकारको पनि सहभागिता रहने बताए । राष्ट्रपति पौडेलले शुक्रवार शीतल निवासमा आह्वान गरेका थिए । बैठकमा पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचनमा केन्द्रीत हुन आग्रह गरे ।
राष्ट्रपति पौडेलले पौडेलले राजनीतिक दलहरूमा कुनै द्धिविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पुर्याउँछ भन्ने पनि सोच्न आग्रह गरे ।



