देश

दलहरुले निर्वाचनमा भाग लिन्न भनेनन्, निर्वाचनको माहोल बन्यो: सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीहरुका महत्वपूर्ण माग सम्बोधन गर्दै निर्वाचन गर्ने वातावरण सरकारले निर्माण गर्ने बताएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन्न नभनेकाले निर्वाचनको वातावरण बनेको बताए ।

निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अघि बढेको बताए । सुरक्षा निकायहरुले पनि सुरक्षाकर्मीको मनाबेल नघटेको बताएको जानकारी दिए ।

सुरक्षा निकाय उच्च मनोबलका साथ निर्वाचन गराउन अग्रसर रहेको बताउँदै मुलुक संवादहिनताको दिशामा अघि बढेको र निर्वाचनको माहोल बनेको बताए । देश, जनता र राजनीतिक दल र जेन जीको साथ सबै निर्वाचनको बाटोमाअघि बढेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *