देश

करेन्ट लागेर १६ वर्षीया युवतीको मृत्यु

कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ कलुवापुरकी १६ वर्षीया युवतीको करेन्ट लागेर आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार आफ्नै घरको विद्युतीय मोटरबाट नुहाउने क्रममा करेन्ट लाग्दा प्रतिमा रावलको मृत्यु भएको हो ।

करेन्ट लागेको थाहा पाएपछि तत्कालै उद्धार गरी उपचारका लागि आफन्त र प्रहरीको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना गरिए पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *