सुर्खेत। हुम्लाको चंखेली गाउँपालिकामा जीप दुर्घटना हुँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा बिहान ११ बजे कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जीप सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो। उक्त जीप पिप्लाङतर्फ जाँदै गरेको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार मृतकमध्ये चंखेली–६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्री मानवीर बुढा रहेका छन्।
घाइतेहरूमध्ये गम्भीर अवस्थाका केहीलाई प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अन्यको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।



