विश्व

अष्ट्रेलियाको उत्तरी क्षेत्रमा हेलिकोप्टर दुर्घटना, पाइलटसहित दुई जनाको मृत्यु

सिड्नी। अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा बिहीबार राती हेलिकोप्टर दुर्घटना हुँदा एक जना यात्रुसहित पाइलटको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरी सेवा (क्युपिएस) ले जनाएको छ ।

अष्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको आपतकालीन सेवाले बिहीबार नै दुर्घटना क्षेत्र वरपर खोजी र उद्धार अभियान सुरु गरेको थियो । हेलिकोप्टर रोबिन्सन राज्यको सुदूर उत्तर क्षेत्रको ब्रिस्बेनबाट एक हजार सात सय किलोमिटर उत्तरपश्चिममा यागुनाको सानो दुर्गम क्षेत्रमा दुर्घटना भएको थियो ।

हेलिकोप्टर शुक्रबार बिहान ८:३० बजे मात्रै पत्ता लगाएको क्विन्सल्यान्ड प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीले हेलिकोप्टरमा पाइलट र एक मात्र यात्री, रहेको र दुबै जना मृत अवस्थामा फेला परेको पुष्टि गरेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *