देश

टोखामा एक युवकको हत्या, २ जना पक्राउ

काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ।चण्डेश्वरी बस्ने पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो।

हत्या आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुपबहादुर तामाङलाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, ती व्यक्तिहरूबीच बादविवाद हुने क्रममा फलामको रड प्रहार हुँदा लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *