देश

हात्ती धपाउन झापामा विशेष गस्ती

भद्रपुर (झापा)। बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ । किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए ।

विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन्भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *