काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ ।जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, निर्वाचनको तयारी र अघिल्लो बैठकले बनाएको विचार मिल्ने शक्तिसँग एकताको पहल सम्बन्धी कार्यदलको प्रगतिबारे छलफल हुने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको गृहकार्य गरिरहेको छ । तर महासचिव घनश्याम भुसाल एकताको विपक्षीमा रहेका छन् । उनले पार्टी एकता गर्नु नहुने अभिव्यक्तिसमेत दिँदै आएका छन् ।



