काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।
मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखिएको भन्दै ओली र प्रचण्डको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको हो ।
गृहमन्त्री स्तरीय निर्णयअनुसार, ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता गरिएका स्रोतले जानकारी दियो ।
यो निर्णय ओली र प्रचण्डका लागि मात्र नभई, बहालवाला र पूर्वभीआईपी तथा भीभीआईपीहरुको हकमा पनि लागु हुनेछ ।
उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि फिर्ता प्रक्रिया अघि बढाइएको बताइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता र सहसचिव आनन्द काफ्लेले सुरक्षाकर्मी फिर्ता गराउने काम भइरहेको जानकारी दिए ।



