देश

प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् । आज मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबिच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *