देश

गृहमन्त्रीसँग ५ देशका राजदुतको भेट

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न देशका राजदुतहरुले भेट गरेका छन् ।

बिहीवार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदुहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *