देश

दोलखामा अलपत्र परेका ४ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बाबाट ध्यान गरेर फर्कने क्रममा बीच बाटोमै फसेका चार जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।

उद्धार गरिएका पर्यटकहरूमा रसियाका २ जना र स्वीजरल्यान्डका २ जना रहेका छन् । गुम्बाबाट असोज २१ गते काठमाडौं फर्किने क्रममा , उनीहरू दोलखाको लामाबगरस्थित लप्ची सडकमा गएको सुख्खा पहिरोका कारण बाटो अवरुद्ध भएपछि फसेका थिए ।

सडक अबरुद्ध भएपछि उनीहरू नजिकैको नासा हाईड्रोपावरमा अस्थायी रूपमा बसोबास गर्दै आएका थिए ।

आज बिहीबार बिहान करिब १० बजे, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बीओपी लामाबगर र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई उद्धार गरी सुरक्षित रूपमा काठमाडौंतर्फ पठाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *