देश

जेनजीको माग पूरा नभएको भन्दै माइतीघरमा प्रदर्शन गर्न गएका डा. भुसाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनमा धोका भएको भन्दै माइतीघर मण्डलामा विरोध गर्न गएका अभियन्ता डा. निकोलस भुसाल पक्राउ परेका छन्। प्रहरीका अनुसार भुसालसहित तीन जनालाई पक्राउ गरिएको हो।

जेनजीको माग पूरा नभएको भन्दै असन्तुष्टि जनाउन भेला भएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। माइतीघर क्षेत्र वरपर अहिले प्रहरीको बाक्लो उपस्थिति देखिएको छ, र कसैलाई पनि प्रदर्शन गर्न नदिइएको प्रहरीले जनाएको छ।

जेनजी आन्दोलन सुरु भएको एक महिना पुगिसक्दा पनि प्रमुख मागहरू सम्बोधन नभएको भन्दै डा. भुसालको समूहले विरोध प्रदर्शन आयोजना गरेको थियो।

यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि धर्ना, जुलुस वा प्रदर्शन नगर्न सूचना जारी गरिसकेको छ। सोही अनुसार माइतीघर मण्डला क्षेत्रमा हुल बाँधेर उभिन समेत नदिइने प्रशासनले स्पष्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *