भक्तपुर। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज भक्तपुरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका छन्।
एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–७, गुण्डुमा आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रममा ओली दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम छ।
कार्यक्रममा अध्यक्ष ओलीले देशको पछिल्लो राजनीतिक अवस्था, एमालेको भूमिका र नेता–कार्यकर्ताले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे धारणा राख्ने बताइएको छ। देशको असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै उनको सम्बोधनप्रति चासो देखिएको छ।
भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाका अनुसार कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेलसहित केन्द्रीय र स्थानीय तहका नेताहरूको उपस्थिति रहनेछ। आसन्न निर्वाचन र बदलिँदो राजनीतिक परिस्थिति सन्दर्भमा एमालेको रणनीति बुझ्न यो कार्यक्रम महत्वपूर्ण हुने जनाइएको छ।



