विश्व

इजराइल र हमासबीच युद्धविराम सम्झौता भएको ट्रम्पको घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास दुवैले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको घोषणा गरेका छन्।

सम्झौतापछि सबै बन्दकहरू छिट्टै मुक्त गरिने र इजरायलले आफ्नो सेना सहमत रेखासम्म फिर्ता गर्ने उनले बताएका छन् ।ट्रम्पले यो कदमलाई बलियो, दिगो र स्थायी शान्तिको पहिलो चरणको रूपमा व्याख्या गरेका छन्।

सबै पक्षहरूलाई न्यायसंगत रूपमा व्यवहार गरिने ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।राष्ट्रपति ट्रम्पले कतार, इजिप्ट र टर्कीका मध्यस्थहरूप्रति धन्यवाद व्यक्त गर्दै यो ऐतिहासिक र अभूतपूर्व घटना सम्भव बनाउन सहयोग गरेको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *