विश्व

रसायनशास्त्रको नोबेल पुरस्कार जापानी, बेलायती र जोर्डनका तीन अनुसन्धानकर्तालाई प्रदान

काठमाडौँ । यस बर्षको रसायनशास्त्रको नोबेल पुरस्कार जापानी, बेलायती र जोर्डनका तीन अनुसन्धानकर्तालाई प्रदान गरिएको छ ।

बुधबार नोबेल समितिले स्वीडेनको स्टकहोममा एक समारोहमा जापानका सुसुमु किटागावा, बेलायतका रिचर्ड रोबसन र जोर्डनका ओमर याघीलाई यस बर्षको रसायनशास्त्रको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

तीन जनाले ‘धातु-जैविक ढाँचा’ को विकासको लागि प्रदान गरिएको समितिले जनाएको छ । समितले भनेको छ- ‘धातु-जैविक ढाँचाहरूमा विशाल क्षमता छ, जसले नयाँ कार्यहरू सहित अनुकूलित सामग्रीहरूको लागि पहिले अप्रत्याशित अवसरहरू ल्याउँछ ।’ समितिले ग्यास र अन्य रसायनहरू प्रवाह गर्न सक्ने ठूला ठाउँहरू भएका आणविक संरचनाहरू सिर्जना गरेकोमा पुरस्कार विजेताहरूको प्रशंसा गरेको छ ।

गत वर्ष, यो पुरस्कार तीन वैज्ञानिकहरू डेभिड बेकार, डेमिस हासाबिस र जोन जम्परलाई प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *