देश

जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एकजनालाई रोजगारी दिने चौधरी समूहको घोषणा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भौतिक रूपमा ठूलो क्षति व्यहोरेको चौधरी समूह (सीजी) ले आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्दै यो निर्णय केवल मानवीय कदम नभई आफ्नो गहिरो कर्तव्य र श्रद्धाको प्रतीक रहेको बताएका छन्।

रोजगारीका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याल (फोन नम्बर: ९८५१२२४०००) लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

चौधरीले भनेका छन्, “आन्दोलनका शहीदप्रति चौधरी समूहको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको क्षतिले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मबलका साथ पुनर्निर्माणको यात्रामा अघि बढिरहेका छौँ।”

उनले थप लेखेका छन्, “हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौं।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *