देश

नेपाली राजदूत र नियोग प्रमुखसँग आज ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग ‘ब्रिफिङ’ लिने भएकी छिन्। बुधबार दिउँसो ‘भर्चुअल’ माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताको बारेमा निर्देशन दिन लागेकी हुन्।

मन्त्रालयले नेपाल स्थित विदेशी नियोग प्रमुखहरूलाई पनि सरकारको तर्फबाट ब्रिफिङ गर्ने तयारी गरेको छ। त्यस क्रममा लोकतन्त्रप्रति प्रतिबद्धता दोहोर्‍याउँदै आगामी ६ महिनाभित्रै निर्वाचन गराउने प्राथमिकतामा समर्थन गर्न सरकारले आग्रह गर्ने र पुनर्निर्माणका लागि सरकारले अनुरोध गर्नेछ।

नयाँ सरकार बनेपछि सरकारका प्राथमिकता र आपसी सहयोग तथा सहकार्यका लागि आग्रह गर्दै ब्रिफिङ गर्ने विगतदेखिकै प्रचलन रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *